logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

समता अस्पतालमा कर्मचारी मृत्यु प्रकरणः उत्तम सञ्जेल पत्नीसहित ३ जना हिरासतमा

समता अस्पतालमा कर्मचारी मृत्यु प्रकरणः उत्तम सञ्जेल पत्नीसहित ३ जना हिरासतमा


  • बिहिबार, असार ५ २०७६

  • बौद्धको समता अस्पतालमा सरसफाई कर्मचारी विमला तामाङको रहस्यमय मृत्युको विषयलाई लिएर सोधपुछका लागि प्रहरीले तीन जनालाई हिरासतमा लिएको छ ।
    सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला अधिकारी सञ्जेल, कर्मचारी तीर्थकुमारी श्रेष्ठ र संगीता केसीलाई प्रहरीले हिरासतमा लिएको हो ।
    तामाङका आफन्तले अस्पताल प्रशासन र कर्मचारीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेपछि प्रहरीले दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएको थियो ।
    विमलाको गोजीमा भेटिएको कागजमा तीर्थ र संगीताको नाम अंग्रेजी अक्षरमा लेखिएको थियो । कागजमा लेखिएको तेस्रो अक्षर ‘म्याम’ थियो ।
    त्यही आधारमा प्रहरीले मंगलबार तीर्था र संगीतालाई नियन्त्रणमा लिएको थियो । तर, आफन्तले दवाब चर्काएपछि बुधबार अपरान्ह सञ्चालक उत्तम सञ्जेल पत्नी कलासहित दुई कर्मचारीविरुद्ध ५ दिनलाई म्याद थपिएको हो ।
    काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जाहेरी प्राप्त भइनसकेकाले कानुनी प्रक्रिया पूरा गर्न म्याद थपिएको बताए ।
    NEWS BY SHITALNEWS.COM



    सम्बन्धित समाचार थप

    लोकप्रिय