राजधानीको बौद्द स्थित समता अस्पतालमा असार ३ गते मंगलबार सोहि अस्पतालमा कार्यरत २७ बर्सिय बिमला तामांग को रहस्यमय हत्या भएको छ। अहिले देशभरिनै अस्पताल मा बिभिन्न कारणले मानिसहरुको मृत्यु भइरहेको खबरहरु धेरै चर्चामा आइरहेको बेला बिमला तामांगको पनि अस्पतालमै बन्द कोठामा शब् भेटिएको हो। यसै बिसयमा शितल न्युजले पनि विमलाको माइती पक्ष र मृतक विमलाको श्रीमान संग केहि अन्तरंग कुराकानी गरेको थियो। अन्तर्वातामा विमलाको श्रीमानले उनको श्रीमती बिमला समता अस्पतालमा गत २ महिना देखि काम गरिरहेको र उक्त अस्पातल बाट अहिलेसम्म काम गरेको तलब नपाएको कुरा पनि शितल न्युज संगको अन्तर्वातामा प्रस्ट बताउनु भयो।बिमालाको गोजीमा तिन जनाको नाम भेटिएको र उक्त ३ जना र अस्पतालको संचालक समेत प्रहरीले नियन्त्रणमा लिएको कुरा मृतक को श्रीमानले जानकारी दिनु भएको छ। विमलाको हत्याकाण्ड बारे पुरा जान्नको लागि भिडियो अन्तिम सम्म हेर्नुहोला।
NEWS BY SHITALNEWS.COM
https://www.youtube.com/watch?v=UkptpMWIELs