logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

टिसर्टको निहुँमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरी घाइते

टिसर्टको निहुँमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरी घाइते


  • मंगलबार, असार ३ २०७६

  • नेपालगन्ज ३ असार । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । नवौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा झडपका क्रममा एक प्रहरी जवानसहित केही विद्यार्थी घाइते भएका छन् ।
    स्थापना दिवसको अवसरमा विश्वविद्यालयले टि(सर्ट लगाउने बहानमा निजी कलेजको विज्ञापन गरेको भन्दै विद्यार्थीले कार्यक्रम स्थलमै नाराबाजी र ढुंगामुडा गरेपछि झडप भएको हो ।
    काठमाडौंको राजधानी मोडेल कलेज र जेभिएर इन्टरनेसन कलेजको विज्ञापन गरेको भन्दै विद्यार्थीले संयुक्त आन्दोलन गरेका हुन्। प्रहरीले विद्यार्थीको आन्दोलनलाई तितरबितर पार्न खोजेपछि झडप भएको थियो।
    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख वसन्त रजौरेका अनुसार झडपमा घाइते प्रहरी जवान सुरेन्द्र महतको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। आन्दोलनमा सहभागी दर्जन बढी विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
    NEWS BY AKHABARONLINE.COM


    सम्बन्धित समाचार थप

    लोकप्रिय