logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

त्रिशूलीमा बस खस्यो, पाँचजनाकाे मृत्यु, २८ घाइते

त्रिशूलीमा बस खस्यो, पाँचजनाकाे मृत्यु, २८ घाइते


  • आइतबार, जेष्ठ ५ २०७६

  • धादिङ, जेठ ५ : काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेकाे बस धादिङको गजुरी ६ बन्छेटारस्थित त्रिशुली नदीमा खस्दा पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र ४ जना पुरुष रहेको उद्धारका लागि घटनास्थलमा पुगेका प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए ।

    आइतबार बिहान ना ७ ख ४३८७ नम्बरको बस सडकबाट ६० मिटर तल त्रिशूली नदीमा खसेको हो। मृतकहरुको सनाखत हुन नसकेको गजुरी स्थित प्रहरी निरिक्षक नवराज ढुंगेलले बताए।

    दुर्घटनामा २८ जना घाइते छन् । घाइते मध्ये १४ जनालाई उपचारका लागि काठमाडाैं पठाइएकाे छ । अन्यकाेस्थानीय गजुरी, आदमघाट, मलेखु लगायतका अस्पतालहरुमा उपचार भइरहेकाे छ। दुर्घटनाकाे कारण खुल्न सकेकाे छैन ।
    NEWS BY PNPKHABAR.COM
    https://www.youtube.com/watch?v=Lwme4azY5BU&t=4s


    सम्बन्धित समाचार थप

    लोकप्रिय