logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

हात्तीले किच्दा वृद्धाको मृत्यु

हात्तीले किच्दा वृद्धाको मृत्यु


  • शनिबार, जेष्ठ ४ २०७६

  • लहान, ४ जेठ: जङ्गली हात्तीको आत्रमणबाट सिरहाको गोलबजार नगरपालिकामा एक वृद्धाको मृत्यु भएको छ । चुरे जङ्गलबाट आएको हात्तीले किच्दा गएराति गोलबजार–१० धर्मपुर गैरीटोलकी ७० वर्षीया वुद्धमाया मगरको मृत्यु भएको हो ।

    छिमेकीको घरबाट टिभी हेरेर सुत्न घर फर्किरहेका बेला एक्कासि अगाडि परेको हात्तीले किच्दा मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक नवीन घिमिरेले जानकारी दिनुभयो । हात्तीले गोलबजार–१ मुक्सारमा दुईवटा घरसमेत भत्काएको प्रहरीले जनाएको छ ।
    NEWS BY RSS
    https://www.youtube.com/watch?v=smfWsSLmeWM


    सम्बन्धित समाचार थप

    लोकप्रिय