logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

अध्यक्ष गोइतको घरमा बम वष्फिोट

अध्यक्ष गोइतको घरमा बम वष्फिोट


  • शनिबार, जेष्ठ ४ २०७६

  • राजविराज, ४ जेठ: अज्ञात समूहले सप्तरीको बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा गए राति प्रेसर कुकर बम विष्फोट गराएको छ । सो समूहले अध्यक्ष गोइतको घरसँगैको प्रतिक्षालयमा बम विष्फोट गराएको प्रहरी नायब उपरीक्षक भावेश रिमाललले जानकारी दिनुभयो । बम विष्फोटनबाट प्रतिक्षालयमा रहेको टेबुल, कुर्सी र फर्निचरको जलेर नष्ट हुनाका साथै उहाँका काका श्याम गोइत घाइते हुनुभएको छ ।

    सांकेतिक तस्बिर
    घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बम विष्फोटनबारे अनुसन्धान भइरहेको र बम विष्फोट गराउने समूह भारतीय सिमानाबाट भाग्न सक्ने भएकाले सो सिमानामा समेत प्रहरी परिचालन गरी खोजी कार्य तीव्र पारिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो ।
    NEWS BY RSS
    https://www.youtube.com/watch?v=smfWsSLmeWM&t=42s


    सम्बन्धित समाचार थप

    लोकप्रिय