परदेसी खबर/ काठमांडौ । कलानिधि इन्दिरा संगीत महाविद्यालय द्वारा आयोजित कलानिधि इन्दिरा संगीत महाविद्यालयको ५६ औ वार्षिकोत्सव कार्यक्रममा हाँस्यकलाकार डाइरेक्टर एवम् गीतकार मित्रलाल तामाङको एकल शब्द रचनाका गीति एल्बम वाचा कसम विमोचित भएका छन ।
कार्यक्रमको प्रमुख अतिथी सांस्कृति विद सत्यमोहन जोशिको हातबाट भब्य कार्यक्रम बिच “वाचा कसम” सार्वजनिक गरिएको हो ।
उक्त कार्यक्रमको सभापति इन्दिरा श्रेष्ठ, शकुना मलेकु लगायतका बिशिस्ट ब्यक्तित्वहरुबाट “वाचा कसम” एल्बम सार्वजनिक गरेकोमा हार्दिक बधाई तथा शुभकामना मन्तब्य समेत राखेका थिए ।