logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

राजधानीमा श्रीमानले गरे श्रीमतीमाथि एसिड प्रहार

राजधानीमा श्रीमानले गरे श्रीमतीमाथि एसिड प्रहार


  • बिहिबार, जेष्ठ २ २०७६

  • काठमाडौं, जेठ २ : राजधानीको कालोपुलमा एक युवतीमाथि एसिड प्रहार भएको छ । एसिड प्रहार गर्ने अरु कोहि नभई आफ्नै श्रीमान रहेको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले बताउनुभयो । पोखरेलका अनुसार बुधबार राति कालोपुल नजिकै डेरा गरी बस्‍ने दोलखाकी २० वर्षीया आफ्नी श्रीमतीमाथि २८ वर्षीय को विस्णु भुजेलले एसिड प्रहार गरेका हुन् ।

    एसिड प्रहारबाट ती युवतीको अनुहार र शरिरको केही भाग जलेको छ । अहिले ती युवतीको उपचारका लागि अस्पताल छिन । एसिड प्रहार गर्ने भुजेललाई प्रहरीले पक्राउ गरि अनुसन्धान शुरु गरेको छ ।

    भुजेललाई काडाघारिको सनसिटी अपार्टमेन्ट नजिकबाट पक्राउ गरिएको डीआईजी पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसारयुवतीको अवस्था गम्भीर छ । यस घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

    NEWS BY PNPKHABAR.COM
    https://www.youtube.com/watch?v=oEEalCxKQtk&t=108s


    सम्बन्धित समाचार थप

    लोकप्रिय