logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

टिका प्रसाई र राज पौडेलको स्वरमा सजिएको “मेरो याद” मा कविताको अभिनय

टिका प्रसाई र राज पौडेलको स्वरमा सजिएको “मेरो याद” मा कविताको अभिनय


  • बुधबार, बैशाख ४ २०७६

  • काठमाडौँ, ४ वैशाख : चर्चित गायिका टिका प्रसाई र गायक राज पौडेलको स्वरमा रहेको गीत “मेरो याद”को भिडियो सार्वजनिक भएको छ । गोत्र इन्टरटेनमेन्टको प्रस्तुतीमा राज पौडेलको पहिलो एल्बम ‘मेरो याद तिमीलाई’मा समावेश उक्त गीतमा उमेश रेग्मीको शब्द संगीत रहेको छ।

    सुनिल क्षेत्रीको कोरियोग्राफीमा ज्ञानेन्द्र शर्माको छायांकन, बिकास ज्ञवालीको सम्पादन रहेको सार्वजनिक भिडियोमा नायक निराजन प्रधान, अलिशा शर्मा, कबिता नेपाली, सुनिल क्षेत्री लगायत फिचर्ड छन् ।
    सुनशरी इनरुवाका स्थाई बासिन्दा रेग्मी हाल अमेरिकामा बसोवास गर्दै आएका छन् ।

    उनको शब्द संगीतमा नेपालका चर्चित गायक गायिकाहरु दीप श्रेष्ठ, रामकृष्ण ढकाल, विश्व नेपाली, बानीका प्रधान, आनन्द कार्की लगायतले गीत गाइसकेका छन् । नेपाली गीत संगीतको क्षेत्रमा निरन्तर अगाडि बढ्ने सोचका साथ पहिलो एल्बम लिएर दर्शक श्रोता माझ आएको रेग्मी बताउँछन् ।
    NEWS BY PNPKHABAR.COM


    सम्बन्धित समाचार थप

    लोकप्रिय