logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

लाखौ युवा युवतीहरु माझ लोकप्रिय रहेको टिक टकमाथि पनि लाग्यो प्रतिबन्ध

लाखौ युवा युवतीहरु माझ लोकप्रिय रहेको टिक टकमाथि पनि लाग्यो प्रतिबन्ध


  • बुधबार, बैशाख ४ २०७६

  • काठमाडौं : पछिल्लो समय निकै लोकप्रिय रहेको भिडियो एप्स ‘टिक–टक’माथि भारतले प्रतिबन्ध लगाइएको छ । मद्रास उच्च न्यायालयको निर्देशानुसार भारतमा उक्त एप्स प्रतिबन्ध लगाइएको हो ।
    मद्रास उच्च न्यायालयको आदेशविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरिरहनु नपर्ने ठहर गरेपछि प्रतिबन्ध मंगलबार रातिबाट लागू भएको हो । सर्वोच्च अदालतले मद्रास उच्च न्यायालयमा यस सम्बन्धी मुद्दा विचाराधीन रहेको भन्दै सो मुद्दाको फैसला नआएसम्म सर्वोच्चले उक्त विषयसँग सम्बन्धित पुरक मुद्दा नहेर्ने निर्णयसमेत गरेको छ ।

    भारतमा गएरातिबाट नै गुगल प्लेस्टोरबाट ‘टिक–टक’ हटाइएको छ । एप्पलको प्लेटफर्ममा भने रातिसम्म सो एप्स उपलब्ध रहेको बताइएको छ । ‘टिक–टक’मा विशेष इफेक्टका साथ प्रयोगकर्ताले भिडियो बनाउन र शेयर गर्न सक्ने व्यवस्था छ । फेसबुकमा पछिल्लो समय ‘टिक–टक’ भिडियो निकै लोकप्रिय हुँदै गएका छन् ।

    बालबालिकालाई असर परेको भन्दै अदालतले यसमा रोक लगाउने निर्णय गरेको हो । ‘पोर्नोग्राफी’ बढाएको, यस्ता भिडियोका ‘कन्टेन्ट’ अश्लील हुने गरेको भन्दै अदालतले रोक लगाउने फैसला गरेको हो । भारतमा टिक-कट प्रयोग कर्ता लाखौ युवा युवतीहरु अदालतको यो आदेशले दुखि भएका छन् ।
    NEWS BY PNPKHABAR.COM


    सम्बन्धित समाचार थप

    लोकप्रिय