logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

स्कारपियोको ठक्करबाट दुईको मृत्यु

स्कारपियोको ठक्करबाट दुईको मृत्यु


  • शनिबार, चैत्र १६ २०७५

  • राँझा, १६ चैत : बाँकेको कोहलपुर नगरपालिका–३ मदनचोकस्थित पूर्व–पश्चिम राजमार्गमा स्कारपियो जीपको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

     

    दुर्घटनामा बर्दियाको ठाकुरद्वारा नगरपालिका–८ निवासी ३२ वर्षीया उषा चौधरी र बाँके बैजनाथ गाउँपालिका–१ चिसापानी निवासी ३० वर्षीय लोकबहादुर शाहीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर विसीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार, मृतक दुवै स्कुटी चालक हुन् । गएराति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मदनचोक नजिकै चौधरी र शाहीले चलाएको भे ५ प १४२० र भे ८ प २१६५ नं को स्कुटी एकआपसमा जुधेको बेला तीव्र गतिमा आएको बा १५ च २०९६ नं को स्कारपियोले दुवैजनालाई ठक्कँर दिएको थियो ।

    दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनाको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक विसीले जानकारी दिनुभयो । चालक रोशन वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    NEWS BY  PNPKHABAR.COM


    सम्बन्धित समाचार थप

    लोकप्रिय