logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

देशभरको मौसम बदली, पानी पर्ने सम्भावना कता–कता ?

देशभरको मौसम बदली, पानी पर्ने सम्भावना कता–कता ?


  • शनिबार, चैत्र १६ २०७५

  • काठमाडौँ, १६ चैत: देशका अधिकांश क्षेत्रको मौसम शनिबार बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व र मध्य क्षेत्रमा सामान्य बदली हुने र पश्चिमका क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहने मौसमविदले बताएका छन् । पूर्व र मध्यका केही क्षेत्रमा मेघ गर्जनसहित क्षणिक वर्षा हुने सम्भावना छ ।

     

    यस्तै पश्चिमका थोरै ठाउँमा केहीबेर पानी पर्ने देखिएको मौसमविदले बताएका छन् । उच्च पहाडी क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि बादल लागेको छ ।

    काठमाडौँ उपत्यकासहितका क्षेत्रमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद मञ्जु बासीले बताइन् । पश्चिममा पश्चिमी वायु तथा मध्य र पूर्वमा न्यूनचापीय प्रणालीका कारण मौसम बदली भएको र केही दिन मौसम बदलीकै अवस्था रहने देखिएको उनले बताइन् ।

    NEWS BY PNPKHABAR.COM


    सम्बन्धित समाचार थप

    लोकप्रिय