logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

ट्राफिक प्रहरीले ड्राइभरहरुको के जाँच्यो यस्तो ! हेर्दा ठ्याक्कै गर्भ रहे नरहे जाँचे जस्तै देखिने

ट्राफिक प्रहरीले ड्राइभरहरुको के जाँच्यो यस्तो ! हेर्दा ठ्याक्कै गर्भ रहे नरहे जाँचे जस्तै देखिने


  • शुक्रबार, चैत्र १५ २०७५

  • पोखरा, १५ चैत्र : बिहिबार दिउसो प्रहरीले डाँडाकोनाक हुँदै पोखरा भित्रने सवारी साधनका चालकलाई एक्कासी डाँडाकोनाक प्रहरी चौकी भित्र बोलायो र एउटा बट्टा दिदै पिसाब लिएर आउन भन्यो । प्रहरीले सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सावरी चालकहरुको पिसाब परिक्षण गरी गाँजा लगायत लागुपदार्थ सेवन गरे नगरेको यकिन गरेको हो ।

     

    सडकमा बसेर मापसे गरिरहने प्रहरीले दुर्घटनाको अर्को कारण लागुपदार्थ सेवन हुनसक्ने भन्दै यस्तो परिक्षण गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख विरेन्द्र बस्यालले जानकारी दिनुभयो ।

    प्रहरीले परिक्षणका क्रममा केहि सवारी चालकले गाँजा खाएर नै सवारी चलाएको भेट्टाएको थियो । केहि व्यक्तिले लागुपदार्थ प्रयोगकर्ता भएको तर तक्काल नखाएको भेटेको छ भने केहि चालकले लागुपदार्थ नखाएको पाईएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम रानाले बताउनुभयो । लागुपदार्थ सेवन गरेका चालकलाई कानुन अनुसारको कारबाही गरिने उहाँको भनाई छ ।

    NEWS BY PNPKHABAR.COM

    https://www.youtube.com/watch?v=AaCnMZLa_yQ&t=150s


    सम्बन्धित समाचार थप

    लोकप्रिय