logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

एसईई : परीक्षा अगावै सामाजिक विषयको प्रश्‍नपत्र सामाजिक सञ्‍जालमा

एसईई : परीक्षा अगावै सामाजिक विषयको प्रश्‍नपत्र सामाजिक सञ्‍जालमा


  • शुक्रबार, चैत्र १५ २०७५

  • राजविराज, चैत १५ :  सप्तरीमा जारी एसईई अन्तर्गत अनिवार्य सामाजिक अध्ययन विषयको प्रश्‍नपत्र पनि परीक्षा अगावै बाहिरिएको छ। विज्ञान विषयको परीक्षा हुनुभन्दा एक दिन अगावै प्रश्‍नपत्र बाहिरिएपछि बिहीबार मात्र प्रदेश २ मा विज्ञान विषयको परीक्षा रद्द गरिएको थियो।

     

    एसईई परीक्षा थप व्यवस्थित गर्न जिल्ला सुरक्षा समिति र शिक्षा सञ्चालन समन्वय समितिको बैठक निरन्तर बसिरहेको छ। तर समितिलाई चुनौति दिदै प्रश्‍नपत्र बाहिरिने क्रमले शुक्रबार पनि निरन्तरता पाएको छ।राष्ट्रिय परीक्षा बोर्ड बैठकले प्रश्‍नपत्र बाहिरिएको विषयमा अध्ययन अनुसन्धान गरेर १५ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी चार सदस्यीय छानबिन समिति गठन गरेकै दिन बिहीबार सामाजिक अध्ययनको प्रश्‍नपत्र सामाजिक सञ्जालहरुमा देखा परेको हो।

    विज्ञान विषयको प्रश्नपत्रसँग समूह र नम्बरसहित लेखिएको हुबहु मिल्दो चिटहरु सप्तरी र सिरहामा फेला परेको थियो भने शुक्रबार हुने सामाजिक अध्ययन विषयको परीक्षाको प्रश्‍नपत्र जनकपुरबाट बिहीबार नै फेला परेको छ। सामाजिक सञ्जालमार्फत देखिएका प्रश्‍नपत्र आधिकारिक रहे वा नरहेको बारे शुक्रबारको परीक्षा सुरु भएपछि मात्र पुष्टि हुनेछ।

    परीक्षाको ठिक एक दिन अगाडि प्रश्‍नपत्र बाहिरिने कार्यमा शिक्षा क्षेत्रका माफियाहरुको मिलोमतो रहेको स्रोतले बताएको छ। जिल्ला शिक्षा विकास तथा समन्वय समिति, प्रहरीदेखि शिक्षा क्षेत्रका माफियाहरु क–कसको संलग्नता र मिलोमतोमा प्रश्‍नपत्र बाहिरिएको बारे गम्भीरतापूर्वक अनुसन्धान गरी दोषीलाई कडा कारवाही हुनुपर्ने अभिभावकहरुको माग छ।

    परीक्षा रद्द भएपछि विद्यार्थी र अभिभावकहरु मानसिक तनावमा परेका छन् भने राज्यलाई समेत करौडौंको व्ययभार थपिएको छ। प्रदेश २ मा ७० हजार पाँच सय ६८ परीक्षार्थीले परीक्षा दिइरहेको परीक्षा नियन्त्रक विष्णु अधिकारीकाभनाई छ। सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टले सुरक्षित साथ राखिएको प्रश्‍नपत्र सप्तरीबाट नभई अन्यत्रबाट नै बाहिरिएको दावी गर्छन्। सम्पूर्ण प्रश्‍नपत्र आफूहरुकहाँ शिलबन्दीमै रहेको र परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अघि मात्र परीक्षा केन्द्रहरुमा पुर्‍याइने गरिएको बताए।

    एसएलपी मावि पत्थगाढाका केन्द्राध्यक्ष देबुकुमार यादवले पनि शिलबन्दी रहेको प्रश्नपत्रका पोकाहरु परीक्षा सुरु हुनुभन्दा ठिक १५ मिनेट अगाडि मात्र खोलिने गरिएको तर एक दिन अगावै प्रश्‍नपत्र बाहिरिएकोमा आश्चर्य प्रकट गर्छन्। ‘इन्टरनेट, इमेल, इमो लगायतका सामाजिक संजालमार्फत अन्यत्र जिल्लाबाट नै बाहिरिएको प्रश्‍नपत्र सप्तरी पनि आइपुगेको हो’ उनले भने।

    NEWS  BY PNPKHABAR.COM

    https://www.youtube.com/watch?v=AaCnMZLa_yQ&t=150s


    सम्बन्धित समाचार थप

    लोकप्रिय