काठमाडौँ, १४ चैत: प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्याललाई पितृशोक परेको छ । अर्यालका ७३ वर्षीय पिता चम्पबहादुर अर्यालको आज बिहान काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
मालिका गाउँपालिका गुल्मी स्थयी घर भएका अर्याल फोक्सोको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । पूर्वअध्यक्ष अर्याल जेठा छोरा हुनुहुन्छ । अर्यालका दुई श्रीमती चार छोरा र एक छोरी हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।
NEWS BY PNPKHABAR.COM
सम्बन्धित समाचार
थप