logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

‘काङ्ग्रेसलाई तराई मधेशले जन्माएको हो’ :नेता पौडेल

‘काङ्ग्रेसलाई तराई मधेशले जन्माएको हो’ :नेता पौडेल


  • बुधबार, चैत्र १३ २०७५

  • धनुषा, १३ चैत: नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसलाई तराई मधेशले नै जन्माएको बताउनुभएको छ । धनुषाको शहीद नगर नगरपालिकामा आज आयोजित सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले तराई काङ्ग्रेसको प्राण भएकाले आगामी दिनमा उक्त सम्बन्ध अझ प्रगाढ बनेर जाने बताउनुभयो ।

     

    उहाँले वर्तमान सरकार र मधेशवादी दल मधेश विरोधी भएको आरोप लगाउनुभयो । वर्तमान सरकार ‘समृद्ध नेपाल र सुखी नेपाली’ नारामै सीमित भएको नेता पौडेलको भनाइ थियो । “अहिले समृद्ध मधेश बनाउन पानी जहाज होइन सिँचाइको आवश्यकता छ । मधेशलाई बचाउन चुरे संरक्षण आवश्यक छ”, उहाँले भन्नुभयो ।

    NEWS BY PNPKHABAR.COM


    सम्बन्धित समाचार थप

    लोकप्रिय