logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नौ महिनामा ४१ एक सिंगे दुर्लभ गैँडाकाे मृत्यु

नौ महिनामा ४१ एक सिंगे दुर्लभ गैँडाकाे मृत्यु


  • सोमबार, चैत्र ११ २०७५

  • चितवन , चैत ११ : चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा साउनयता ४१ गैँडा मरेका छन् । ३९ वटा गैँडा निकुञ्ज क्षेत्रमा र दुइटा राष्ट्रिय वन क्षेत्रमा पर्ने सामुदायिक वनमा मरेका हुन् ।

     

    निकुञ्जको सूचना अधिकारी गोपालबहादुर घिमिरेका अनुसार ती गैँडा प्राकृतिलगायत कारणबाट मरेका हुन् । प्राकृतिक कारणबाट गैँडा मर्ने दर हालसम्मकै यो उच्च भएको घिमिरे बताउँछन् । निकुञ्जका अनुसार यसअघि आव २०५६र ०५७ मा प्राकृतिक कारणबाट २८ वटा गैँडा मरेका थिए ।

    निकुञ्ज क्षेत्रमा पछिल्लोपटक आइतबार बिहान पोथी गैँडा मरेको छ । भरतपुर महानगपालिका २३ जगतपुरस्थित होटलको सेफ्टी ट्यांकीमा परेर गैँडाको मृत्यु भएको हो । यो समाचार सविता श्रेष्ठले नागरिकमा लेखेकी छन् ।

    NEWS BY PNPKHABAR.COM


    सम्बन्धित समाचार थप

    लोकप्रिय