चैत १० ; इंग्ल्याण्डमा एक महिलाले ६ महिनेबच्चालाई नोकर्नीको साथमा छोडेर अफिस जानु गल्ति भएको छ। जेनिफरले सेब्टेम्बर २०१५मा ६ महिने छोरालाई नोकर्नीको साथ घरमा छोडेर अफिस गएकी थिइन्। केहि घण्टापछि नोकर्नीको फोन आयो तब उनि हतारिदै घर पुगिन।
नोकर्नीले बच्चा निदाएपछि बेडमा सुताएका थिए। त्यहि सुतेकै ठाउँमा उनको मृत्यु भएको रहेछ। उनले ढिलासम्म नि किन बिउझेन भनी हेर्दा बच्चाको मृत्यु भैसकेको थियो।
नोकर्नीको फोन आउने बित्तिकै उनले बच्चालाई डाक्टर कहाँ लागे तर बच्चाको मृत्यु भैसकेको थियो। डाक्टरका अनुसार बच्चाको मृत्यु सिन्ड्रोम SIDS का कारण भएको हो। जसमा बच्चाले निद्रामै सास लिन छोड्दिन्छ।
आमाका अनुसार बच्चा जन्म देखि नै स्वस्थ थियो। बच्चाको मृत्यु यसरि हुन्छ भनि उनीहरुले सोचेको थिएन। बच्चालाई सुताउने समयमा सतर्कता अपनाउनुपर्छ बच्चा धेरै गर्मि भएको ठाउँमा वा धुँवाबाट जोगाउनुपर्छ।
NEWS BY PNPKHABAR.COM