जीवन जिउने सबैको आ-आफ्नै तरिका हुन्छ, कतिपयले जिन्दगीलाई हर्ष उल्लासका साथ बिताइदिन्छ्न भने कोहि जीवनभर रोइरहन्छन । सबैको आ-आफ्नो चाहाना हुन्छ, जीवन यस्तो होस भन्ने कामना हुन्छ, मान्छे आफ्नो जिन्दगीमा दु:खद समय कहिले पनि नआओस भनेर कामना गरिरहन्छ l
मानिस जीवन जिएर पनि जीवन के हो भन्ने थाहाँ नहुदै संसारबाट विदा हुन्छ l मानिसले आफुलाई जति धनवान, बलवान, सुन्दर आफूजस्तो कोहि छैन भने पनि यो संसारमा सधै राज गर्न सक्दैन र आफ्नो सम्पति यशआराम आफुसँगै लिएर संसारबाट जान पनि पाउदैनन त्यसकारण जान्नुहोस् यी जीवनका सत्य वचन न त कसैले नकार्न सक्छ न त बदल्न..
जीवनका यी ६ सत्य वचन..
१. कुनै फरक पर्दैन कि तपाई कति को राम्रो देखिनु हुन्छ ?
– किनभने बाँदर र गोरिल्लाले पनि आफुतर्फ मानिसको ध्यान आकर्षण गराउँछ l
२. कुनै फरक पर्दैन कि तपाईको शरीर कति बलवान र विशाल छ ?
– किनभने घाटसम्म तपाई आफुले आफ्नै शारीर लिएर जान सक्नुहुन्न l
३. तपाई जति नै अग्लो हुनुहोस्, तर आउने भविष्य तपाई कहिले देख्न सक्नुहुने छैन l
४. तपाईको अनुहारको छाला जतिनै गोरो र चमकदार भएपनि कुनै फरक पर्दैन ?
– किनभने अध्यारोमा सबैलाई प्रकाशको जरुरत पर्छ l
५. कुनै फरक पर्दैन कि ”तपाई” हाँस्नु भएन भने सभ्य देखिनुहुन्छ ?
– किनभने ”तपाई” प्रति हाँस्नको लागि दुनियाँ लाग्या छ l
६. कुनै फरक पर्दैन कि तपाई कति धनवान हुनहुन्छ ? दर्जनौ गाडी घर कति छ तपाईसँग ?
– किनभने घरको बाथरुमसम्म आफै हिडेरै जानुपर्छ l
यसकारण विचार गरेर चाल्नुहोस आफ्नो कदम, जिन्दगीको यात्रा छोटो छ, खुशी रहनुहोस स्वार्थपन, लोभ, मोह, इर्षा त्याग्नुहोस जीवन अबश्य सुखमय बन्नेछ।
NEWS BY SHITALNEWS.COM