
महिलालाई एटिएममा लुटेको सबै पैसा फिर्ता दिएको अनौठो घटना बाहिरिएको छ। भिडियो सामाजिक संजालमा भाइरल भएपछि केही मानिसहरुले लुटेराको प्रशंशा गरेका छन् । यो घटना चीनको हेयुआन शहरको हो । भाइरल सिसिटिभी भिडियोमा देख्न सकिन्छ कि एक महिला आइसीबीसी बैंकको एटिएमबाट पैसा निकाल्दै छिन् ।
जब एटिएम मेसिनबाट नोट बाहिर निस्किन्छ एक लुटेर त्यहाँ आउँछन् । लुटेराले महिलालाई चक्कु देखाएर सबै पैसा लिन्छन् । मिडिया रिपोर्टका अनुसार महिलाको पूरा नाम खुलाइएको छेन । उनको थर लाई बताइएको छ । रिपोर्टका अनुसार महिलाले डराएर आफूले झिकेको २५०० युआन सबै लुटेरालाई दिन्छिन् । लुटेरा यत्तिमै रोकिँदैनन् । उनले महिलालाई उनको खातामा अरु कति पैसा छ भनेर हेर्न पठाउँछन् । लुटेराले एटिएम मेसिनमा देख्छन् कि महिलाको खातामा पैसा बाँकी नै छैन । यो देखेर लुटेराले हाँस्दै महिलालाई उनको पैसा फिर्ता दिन्छन् ।
हेर्नुहोस् भिडियो :
NEWS BY SHITALNEWS.COM