काठमाडौँ, ३० फागुन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा सवडिभिजन वन कार्यालय कैलालीका सहायक वन अधिकृत र एक मध्यस्तकर्तालाई पक्राउ गरेको छ ।

वन कार्यालयमा अनुसन्धान भइरहेको मुद्दाको मिसिल मिलाइदिन्छु भन्दै सहायक वन अधिकृत भरत शाह र लेखापढी व्यवसायी पुष्प जोशीलाई आयोगले रु रु ३० हजार घुस रकमसहित पक्राउ गरेको जनाएको छ ।
गैरकानूनी रुपमा मुद्दाको मिसिल मिलाइदिन्छु भन्दै सेवाग्राहीसँग घुस लिँदालिँदै उनीहरु पक्राउ परेको आयोगका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिनुभयो । आयोगले सहायक वन अधिकृत शाह र लेखापढी व्यवसायी जोशीलाई बुधबार सवडिभिजन वन कार्यालयको परिसरबाट पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ ।
NEW BY PNPKHABAR.COM