logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बुटवल,दाङ र प्युठानमा संकास्पद बस्तु फेला

बुटवल,दाङ र प्युठानमा संकास्पद बस्तु फेला


  • बिहिबार, फाल्गुन ३० २०७५

  • दाङ, ३० फागुन :दाङमा संकास्पद बस्तु फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ५ विपि चोक नजिकै एक कपडा पसल बाहिर राखेको संकास्पथ बस्तु फेला परेको हो ।

    ईलाका प्रहरी कार्यालय प्रमुख प्रेम शाही को टोली संकास्पद बस्तु भएको स्थानमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख बेलबहादुर पाण्डेले बोत्तललाई कागजले बेरिएको अवस्थामा संकास्पद बस्तु रहेको बताए ।

     

    ‘बोत्तल फेला परेको हो’ उनले भने, ‘अरु त्यस्तो केही छैन ।’ राजमार्गमा रोकिएका सवारी साधनलाई प्रहरीले स्कटिङ्ग गरेर गन्तव्यमा लैजाने काम गरेको छ । उता प्युठानको स्वर्गद्वारी नगरपालिका अगाडिको बाटोमा संकास्पद बस्तु फेला परेको छ । विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव परेको छ ।

     

    बुटवलमा पनि शंकास्पद बस्तु फेला

    बुटवलमा मुख्य राजमार्गमै शंकास्पद बस्तु फेला परेको छ । बुटवल कालिकानगर कालिकाचोकमा डिभाईडरमा कालो टेपले बेरेर राखेको वस्तु डिस्पोज गर्न नेपाली सेनाको टोली घटनास्थल आईपुगेको छ ।

     

    विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दमा तर्साउनका लागि बम राखिएको हुनसक्ने ईलाका प्रहरी कार्यालय बुटवलका डीएसपी डिलबहादुर मल्लले बताए । बन्दका कारण बुटवल र आसपासको क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

    NEWS BY PNPKHABAR.COM


    सम्बन्धित समाचार थप

    लोकप्रिय