logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

हतियार सहित भेटिए गोली हान्नु

हतियार सहित भेटिए गोली हान्नु


  • बिहिबार, फाल्गुन ३० २०७५

  •  

    काठमाडौं ३० फागुन । सरकारले चन्द समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै सुरक्षा सतर्कता वढाइएको छ। सरकारले हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन दिएको छ। स्रोतका अनुसार आन्तरिक विज्ञप्तीमार्फत आएको सूचनामा ‘हतियारसहित फेला परे तत्काल फायर खोल्नू’ भनिएको छ भन्ने खबर कान्तिपुर दैनिकमा छ।
    चन्द समूहका कार्यकर्ता हतियारसहित हिँडेको फेला परे घुँडामुनी गोली हान्नेसम्मको निर्देशन छ,’ एक प्रमुख जिल्ला अधिकारीले भने। बिनाहतियार हिँडेको तर नेतृत्वमा रहेको कार्यकर्ताालई जहाँ भेटे पनि पक्राउ गर्न र सामान्य कार्यकर्तामाथि पनि उच्च निगरानी राख्न सरकारले निर्देशन दिएको छ।
    सुरक्षाकर्मीलाई आफ्नो ज्यान, हतियार र युनिटको सुरक्षा रणनीतिसहित सतर्क रहन भनिएको छ।

    NEWS BY AKHABARONLINE.COM


    सम्बन्धित समाचार थप

    लोकप्रिय