काठमाडौ ३० फागुन । सामाजिक सञ्जाल ‘फेसबुक’मा बुधबार रातीदेखि विभिन्न समस्या आएको छ। राती १० बजेदेखि फेसबुक खुल्न ढिला हुने , खुलेपनि फिचरहरु नदेखिने , न्युज फिड खाली देखिने, प्रोफाइलमा प्रवेश गर्न नसकेको जस्ता समस्याहरु देखिएका छन ।
फेसबुकमा यो समस्या नेपालमा मात्र नभएर विश्वव्यापी रुपमा समस्या आएको हो । नेपाल बाहेक अन्य देशमा समेत यस्तो समस्या देखिएको छ । लण्डनमा त फेसबुक नै नखुलेको प्रयोगकर्ता बताउछन । यो समस्या फेसबुकमा मात्र होइन इन्स्टाग्राम र ह्वाट्सएपमा समेत समस्या देखिएको हो। विश्वका विभिन्न भागमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप नखुलेको र खुलेकामध्ये पनि राम्रोसँग काम नगरेको प्रयोगकर्ताहरुको गुनासो छ।
आफ्ना केही एप्लिकेसन प्रयोगमा समस्या भएको फेसबुले प्रष्ट पारेको छ। समस्या समाधानका लागि पहल भइरहेको फेसबुले जनाएको छ। प्राप्त जानकारी अनुसार फेसबुकले आफनो फिचर तथा सेवालाई अपग्रेड गर्न लागेको जानकारी प्राप्त भएको छ । अब फेसबुक चल्दा नयाँ भर्सन आउने अनुमान गरिएको छ ।