logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

अलपत्र नेपालीको उद्धार

अलपत्र नेपालीको उद्धार


  • बुधबार, फाल्गुन २९ २०७५

  • काठमाडौँ, २९ फागुन  : मलेसियास्थित नेपाली दूतावासले विभिन्न कारणबाट अलपत्र परेका २३ नेपाली श्रमिकको उद्धार गरी स्वदेश फर्काएको छ ।

    हवाई टिकटको खर्च व्यहोर्न नसकी सिमोनिया, बुकिट जलिल र सेपाङ्ग घर फिर्ती केन्द्रमा अलपत्र परेका उनीहरुलाई दूतावसको सक्रियतामा उद्धार गरी विभिन्न चरणमा नेपाल पठाइएको हो । उनीहरुलाई नेपाल पठाउन दूतावासले एकतर्फी हवाई टिकट उपलब्ध गराएको थियो ।

    दूतावासले फागुन महिनामा विभिन्न घरफिर्ती केन्द्रमा अलपत्र रहेका नेपालीलाई उद्धार गर्ने उद्देश्यले अनुगमन गरेको थियो । लामो समयसम्म घरफिर्ती केन्द्रमा रहँदा नेपाली श्रमिकमा शारीरिक तथा मानसिक समस्या देखिएको दूतावासले जनाएको छ ।

    विभिन्न कारणबाट विदेशी भूमिमा अलपत्र परेका नेपाली श्रमिकलाई घर फिर्ता पठाउने अभियान निरन्तर रुपमा जारी रहने दूतावासले जनाएको छ ।

    news by RSS


    सम्बन्धित समाचार थप

    लोकप्रिय